Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ बैसाख ०६ गते, बिहान ११:२० बजे
दाङ्ग - DNG

दाङ : महिला फुटबलमा थापाको ह्याट्रिक

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

 वैशाख ६, घोराही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा  महिला फुटबल चलिरहेको छ ।  यही वैशाख ४ गतेदेखि शुरु भएको महिला फुटबलअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहरीकी निरु थापाले ह्याट्रिक गर्नुभएको छ । 

बिहान प्रदेश नं ५ र नेपाल प्रहरीबीच भएको खेलमा जर्सी नम्बर १४ की थापाले लगातार तीन गोल गर्नुभएको हो । यस्तै महिला फुटबलमा नेपाल प्रहरीकै जर्सी नम्बर ५ की अमृत जैसीले दुई गोल र  जर्सी नम्बर ७ की निर्मला थापाले एक गोल गर्नुभएको छ ।  खेलमा ६–०ले नेपाल पुलिस विजयी भएको छ । प्रदेश ५ ले एउटा पनि गोल गर्न सकेन ।  अपराह्न ३ बजेदेखि प्रदेश २ र प्रदेश ३ बीच खेल चलेको जिल्ला फुटबलसँग दाङका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिनुभयो । रासस