बैशाख १३, काठमाडौं | काठमाडौंको तीनकुनेबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप घरभई शान्तिनगर बस्ने २० वर्षीय नविन खत्री रहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी गोविन्द राज काफ्लेले बताए ।
खत्री वैशाख १२ गते राती ११ बजे तीनकुने बागमति पुलबाट पक्राउ परेका हुन् ।
प्रहरीले खत्रीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट लागुऔषध नाईट्राभेट ६५ ट्याब्लेट, पोल्याण्ड जस्तो देखिने लागुऔषध ७ ग्राम बरामद गरेको छ ।
पक्राउ परेका खत्रीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!