Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ बैसाख ३० गते, दिउँसो १:३२ बजे
दाङ्ग - DNG

दाङमा कान्छी आमाको दाहसंस्कार गर्दैगर्दा बगेर एक जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ३०, लमही । दाङमा आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका एक व्यक्तिको नदीमा बगेर मृत्यु भएको छ ।

कमलपित्त रोगका कारण मृत्यु भएकी लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका राजपुर गाउँपालिका–७ निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको आज नदीमा बगेर मृत्यु भएको हो ।

राप्ती नदीमा दाहसंस्कारपछि नुहाउँदै गर्दा नदीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ११ बजे नदीले बगाएर बेपत्ता भएका उहाँको अपरान्ह् ३ बजेतिर ५० मिटर तल मृत अवस्थामा शव फेला परेको थियो । शव परीक्षणका लागि लमही अस्पताल लगिएको छ ।