Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ जेठ ०५ गते, अपराह्न ५:२१ बजे
डोटी - DT

सेती नदीमा बगेर बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ५, डोटी | सेती नदीमा नुहाउने क्रममा आज बगेर एक बालिका बेपत्ता भएकी छिन् । शिखर नगरपालिका–४ घर भई दीपायल सिलगढी नगरपालिका–५ घोल्तडा मामाघर घर आएकी १६ वर्षीया धर्र्माकुमारी महरा नुहाउने क्रममा बगेर बेपत्ता भएकी प्रहरी निरीक्षक कमलापति पन्तले जानकारी दिनुभयो । 

महराको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । पानी धमिलो भएकाले खोजी गर्न समस्या भएको छ । शुक्रबार केआइसिंह गाउँपालिका–५ रानागाउँका ३९ वर्षीय शिक्षक योगबहादुर रावल कालागाढस्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । उनको अहिलेसम्म पत्तो लागेको छैन । 

गर्मी अत्यधिक भएपछि सेती नदीमा नुहाउनेको सङ्ख्या बढ्दो छ ।