Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ जेठ ०७ गते, राति २:४९ बजे
बैतडी - BTD

हाडनाता करणीसम्बन्धी मुद्दामा कैद सजाय सुनाइएका बैतडीका एक युवक चार वर्षपछि पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ  ७, बैतडी । हाडनाता करणीसम्बन्धी मुद्दामा कैद सजाय सुनाइएका बैतडीका एक युवक चार वर्षपछि सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिगास गाउँपालिका–१ सिराडीका ३२ वर्षीय वीरभान धामी रहेका छन् ।

उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक  रवीन्द्र चन्दले जानकारी दिनुभयो । धामीलाई जिल्ला अदालत बैतडीले हाडनाता करणी मुद्दामा  विसं २०७३ जेठ १८ गते एक वर्ष कैद सजाय सुनाएको थियो । उनी यसअघि फरार रहेका थिए । पक्राउ परेका धामीलाई जिल्ला अदालत बैतडीले कैद भुक्तानका लागि जिल्ला कारागार बैतडी पठाएको छ । रासस