Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ जेठ २४ गते, बिहान ९:१७ बजे
बैतडी - BTD

बैतडीमा चट्याङ लागेर दुई जना घाइते

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण बिष्ट, जेठ २४ , बैतडी । बैतडीमा चट्याङ लागेर दुई जना घाइते भएका छन । घाइते हुनेमा दशरथचन्द नगरपालिका–५ सिमाइलका ३५ वर्षीया पुष्पा कोली र २० वर्षीया राधिका महर घरमा चट्याङ लागेर घाइते भएका हुन । 

हिजो साँझ वर्षा र हावाहुरीसँगै परेको चट्याङले घरमै बसिरहेका उनीहरु घाइते भएको रहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । 

घाइते दुवैको टाउको र हातमा  चोट लागेको र उनिहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।