Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ साउन २२ गते, बिहान ८:३६ बजे
पर्सा - PRS

वीरगञ्जमा एकजनाको शव फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २२, वीरगञ्ज । वीरगञ्जमा एकजना पुरुषको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका-११ स्थित बाँसको झ्याङमा अड्केको अवस्थामा अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय श्रीपुरले  जनाएको छ  |

 प्रहरीका अनुसार मान्छे बगेर आइरहेको भन्ने खबर पाएपछि  गएर हेर्दा बाँसको झ्याङमा अड्केको अवस्थामा शव भेटियो हो | वडा प्रहरीले बाँसको झ्याङमा अडि्कएको अवस्थामा शव निकालेको थियो ।घटनास्थल तथा शव जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुलाउन आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।