Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर १२ गते, बिहान ११:४४ बजे
रुपन्देही - RPD

अर्थमन्त्री पौडेलद्वारा दानव पुल उद्घान, तिनाउमा सिलन्यास

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

mantri paudelकृष्ण खनाल/मङ्सिर १२, बुटवल । अर्थमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुपन्देही आएका अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले शनिवार बुटवलको दानव नदिमा निर्माण सम्पन्न भएको पुल उद्घाटन गरेका छन् भने तिनाउ नदिमा नयाँ पुल सिलन्यास गरेका छन् ।

बुटवलको देवीनगर देखि हात्तिसूर्ण बस्ती जोड्ने तिनाउ नदिमा नयाँ पुल सिलन्यास गरिएको हो । अगामी २ बर्ष ६ महिनामा १० करोड ४६ लाख ५६ हजार ८ सय ८१ रुपैयाँमा निर्माण सम्झौता भएको उक्त पुल लुम्बिनी, अरनिको, एशियाटिक जेभीले निर्माण गर्न लागेको हो ।

११२.२० मिटर लम्बाई भएको पुलको चौडाई ७.५० मिटर हुने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मेरासेनीले जानकारी दिए । पुल उदघाटन् गर्दै मन्त्री पौडेलले समयमा नै पुल निर्माण सम्पन्न गर्न आफुले बजेट अभाव हुन नदिने बताएका थिए ।

मन्त्री पौडेलले उद्घाटन गरेको दानव नदिको पुलको लम्बाई ९६ मिटर रहेको छ भने चौडाई ६ मिटर रहेको छ । कुल ७ करोड, ३० लाख ४४ हजार, ३ सय ७ रुपैयामा निर्माण पुरा भएको हो ।