Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ भदौ १६ गते, बिहान ८:५८ बजे
बाग्लुङ्ग - BGL

बागलुङमा पाँच जुवाडे पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १६, बाग्लुंग | बागलुङ जिल्ला प्रहरी कार्यालयले आइतबार बागलुङ बजारबाट जुवा खेलिरहका पाँच जुवाडे पक्राउ गर्नाका साथै उनीहरूको साथबाट रु ७२ हजार बरामद गरेको  छ ।

बागलुङ नगरपालिका–२ श्रीनगरटोलस्थित सुरज बोगटीको घरको भुइँतला भाडामा लिई बस्ने झापा विर्तामोड नगरपालिका–२ का हरिप्रसाद खतिवडाले जुवातास खेलाइरहेको बेला प्रहरीले उनीहरुलाई  पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खतिवडासहित कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१० घर भई हाल श्रीनगरटोल डेरा गरी बस्ने डबल भुल, सिन्धुली कमलामाई नगरपालिका–४ हाल उपल्लाचौर बस्ने विकास राई, पाँचथर जिल्ला तुम्भिया गाउँपालिका–९ घर भई श्रीनगरटोल बस्ने विष्णु राई र हाल रुद्रेपिपल बस्ने म्याग्दी जिल्लास्थित बेनी नगरपालिका–१का मित्रलाल जैसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बागलुङ सदरमुकाम र यसको आसपासमा निकै लामो समयपछि पक्राउ परेका जुवाडेलाई  जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई  थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । रासस