असार २४, काठमाडौँ | काठमाडौं उपत्यकामा २३ जना सहित २५५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा काठमाडौंमा १६ र ललितपुरमा ७ सहित २५५ जना नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो अपडेट अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । त्यस्तै गत २४ घन्टामा २५३ जना कोरोना निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ७ हजार ७५२ पुगेको छ ।
संक्रमित हुनेमा झापाका ७, तेह्रथुमका १, सुनसरीका २, इलामका २, मोरङका ३, सिरहाका २, सप्तरीका ४, बारा १, अछामका १७, बैतडीका २, बझाङका ४, दार्चुलाका १, डोटीका १२, गोरखा २, कैलालीका १९, कञ्चनपुरका १२, काठमाडौंका १६, सर्लाहीका २, चितवनका ५, नवलपरासी पूर्वका २, रौटहटका ३२ छन् ।
त्यस्तै दाङका ५, धादिङका १, दोलखाका , झापाका १, कास्कीका १, काभ्रेपलान्चोकका २, ललितपुरका ७, लमजुङ १, नवलपरासी पूर्वका १, पर्सा १, रामेछापका २, रौटहटका १, सर्लाहीका १ , सिन्धुपाल्चोकका १ सुनसरीका १, मोरङका १, म्याग्दीका १, कास्कीका १३, गुल्मीका ३, पाल्पाका ५, प्युठानका १, बाँकेका २, कालिकोटका १, रुकुम पश्चिमका ३, रुकमा पश्चिमका ४, जाजरकोटका १, दैलेखका ५, मुगुका २, सुर्खेतका १४, डडेलधुराका २, अछामका ५ , कैलालीका १७ जना छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!