२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसका एक दर्जन भेरियन्ट, नेपालमा एउटाको मात्रै पहिचान गर्न सकिने

२०७८, ५ असार शनिबार ०२:४५

असार ५, काठमाडौं । विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति (भेरियन्ट) मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ। अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार, नेपालमा अल्फा भेरियन्ट (बी.१.१.७)को मात्र परीक्षण गर्न सकिन्छ। अरू सकिन्न। भेरियन्ट पत्ता लगाउन जीन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ।

यसअघि कोरोना भाइरस संक्रमितको नमुनाको जीन सिक्वेन्सिङका लागि हङकङ र भारतस्थित प्रयोगशालामा पठाइएको थियो। हङकङमा पठाइएका १५ नमुनामध्ये एक जनामा डबल म्युटेन्ट (अल्फा)भाइरस फेला परेको थियो।

त्यस्तै दोस्रो पटक मुलुकका विभिन्न भागबाट संक्रमितका ३५ नमुना डब्लूएचओको समन्वयमा भारत पठाइएको थियो।

इन्स्टिच्युट अफ जेनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा गरिएको जीन सिक्वेन्सिङमा ९७ प्रतिशत (३४) वटामा डेल्टा भेरियन्ट(बी.१.६१७.२) पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बाँकी ३ प्रतिशतमा कप्पा (बी.६१७.१) पाइएको थियो। स्वास्थ्य मन्त्रालयले जेठको पहिलो साता विज्ञप्ति जारी गर्दै मुलुकमा तीन किसिमका भेरियन्ट रहेको पुष्टि गरेको थियो। 

अल्फा नेपालमा पुष्टि भएको पहिलो भेरियन्ट हो। अन्य भेरियन्ट परीक्षणका लागि पूर्वाधार व्यवस्थापनलगायत अन्य काम भइरहेको डा. झाले जानकारी दिइन्। अल्फा सन् २०२० सेप्टेम्बरमा पहिलो पटक देखिएको थियो। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भेरियन्ट अफ कन्सर्नभित्र परेका रवि भिन्न मुलुकमा फैलिएका भेरियन्टहरूलाई नयाँ नामकरण गरेको छ। तीमध्ये अल्फा, डेल्टा, गामा र कप्पा मुख्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार, पछिल्लो समय नेपालमा फैलिएको कोभिड–१९ भेरियन्टलाई डेल्टा (बी.१.६१७.२) नाम दिइएको छ। हाल नेपालमा भेटिएका भेरियन्ट अफ कन्सर्नमा डेल्टा र अल्फा छन्। तीमध्ये अल्फाको पहिचान गर्न सकिने प्रयोगशालाकी निर्देशक डा. झाले जानकारी दिइन्। 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी