लकडाउन हुने हल्लाबारे स्वास्थ्य मन्त्रालय के भन्छ ?

Posted on: 06 Dec, 2021

मङ्सिर २०, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हल्ला फैलिएजस्तो लकडाउन गर्नेबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जनाएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सरकारले लकडाउन बारे केही निर्णय नगरेको बताए । 

झण्डै ४० देशमा देखा परिसकेको ओमिक्रोन भेरिएन्ट संक्रामक पनि मानिएको छ । ओमिक्रोन फैलनसक्ने भन्दै सामाजिक सञ्जालमा चासो र चिन्ता बढेपछि सरकारले सचेत गराउँदै लकडाउन बारे निर्णय नगरेको जनाएको हो । 

मन्त्रालयले ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाएको जनाएको छ । जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्न र आफ्नो पालोमा खोप लिन सुझाव दिईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!