Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ माघ २३ गते, बिहान ८:०३ बजे
बाजुरा - BJR

बाजुराको मोटरसाइकल दुर्घटननामा परी एकको मृत्यु एक घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २३, मार्तडी | जिल्लाको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजार नजिकै गए राति  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै अर्को एक जना घाइते भएका छन् ।

अछाम जिल्ला घर भई बाम्का बजारमा सुन चाँदी  पसल गर्दै आएका मोटरसाइकल चालक बलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको र त्यसमा सवार त्रिवेणी नगरपालिका–४ का गगन साउद घाइते भएको प्रहरीले जनाएको छ । साउद सख्त घाइते भएकाले अछामको बयालपाटा अस्पतालमा उनको उपचार भइरहेको बताइएको छ।फालासैनबाट बाम्का जाँदै गरेको सुप्रप–०१–००८प ४०५० नंको मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको थियो