Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ असोज ०४ गते, बिहान ५:४७ बजे
पर्बत - PBT

गुफाको भौतिक संरचना निर्माणमा ३४ लाख खर्च

k By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

असोज ४ पर्वत ।जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफा परिसरमा सत्तल निर्माणको लागि ३४ लाख भन्दा बढि खर्च भएको छ ।
गुफा परिसरमा भिक्षु, साधुसन्तको लागि आवश्यक भौतिक पूर्वधार निर्माणको लागि ३४ लाख ४१ हजार ५ सय २१ रुपैयाँ खर्च भएको गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था निर्माण समितिले जनाएको छ । सोमबार निर्माण समितिले आयव्यय सार्वजनिक गरेको हो । सर्वसाधारण र विभिन्न संघसंस्थाको सहयोगबाट २८ लाख ९२ हजार २८ रुपैयाँ हालसम्म संकलन भएको समितिले जनाएको छ । समितिका अनुसार संकलित रकमभन्दा झण्डै ७ लाख रुपैयाँ बढी खर्च भएको    छ ।
समितिका अनुसार उठेको रकम मध्ये संस्कृति तथा पर्यटन मन्त्रालयबाट ६ लाख ९९ हजार,  जिल्ला वन कार्यालयबाट २ लाख १७ हजार ४ सय १८ रुयैयाँ,  सहरी डिभिजन कार्यालय पोखराबाट १ लाख ८९ हजार ७ सय ५० रुपैयाँ,  मालपोत कार्यालय पर्वतबाट ७२ हजार,  सांसद विकास कोष सांसद अर्जुनप्रसाद जोशीबाट ७३ हजार ८ सय ७५, पर्यटन प्रवद्र्धनबाट १ लाख ३२ हजार २ सय ४ रुपैयाँ, कुश्मा नगरपालिकाबाट ९१ हजार ९ सय ५ रुपैयाँ, जिल्ला विकास समिति पर्वतबाट ९४ हजार ७ सय ९३ रुपैयाँ, जिल्ला भू(संरक्षणबाट १३ हजार ५ सय २५ गरी ९ लाख ३२ हजार ७ सय ७८ रुपैयाँ संकलन भएको छ । त्यसैगरी संकलित मध्येको बाँकी रकम  विदेशमा रहेका सर्वसाधारणबाट  गुफाको भौतिक संरचना निर्माणका लागि भनि सहयोग प्राप्त भएको बताइएको छ ।
गुफा परिसरमा यतिबेला सत्तल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । त्यसैगरी गुफा अगाडि भागमा १०८ शिवलिंग र दियो राख्ने कामलाई सवै श्रद्धालु भक्तजनहरुसँग आर्थिक सहयोग उठाएर सम्पन्न गर्ने समितिले लक्ष्य बनाएको छ । यो कार्यका लागि केहि आर्थिक सहयोग संकलन भएपनि  आर्थिक अभावका कारण कार्यलाई अगाडि बढाउन नसकिएको गुफा व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल श्रेष्ठले बताएका छन् ।
श्रेष्ठले गुफा परिसरमा भैरहेको भौतिक संरचना निर्माण कार्यमा सवैलाई सहयोग गर्नको लागि आग्रह समेत गरे । आर्थिक अभावका कारण भौतिक संरचना निर्माणलाई गति दिन नसकिएको ऐतिहासिक गुफाको आवश्यक प्रचारप्रसार हुन नसक्दा समेत सहयोग जुट्न नसकेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले सह्श्रधारमा स्नान गरी गुप्तेश्वर गुफामा भगवान शिव वर पाउँ भनि तपस्या गरेको र सफल भएको धार्मिक विश्वास रहि आएको छ । गुफा तीन चरणमा विभाजन छ । प्रवेशद्धार फराकिलो छ भने भित्र क्रमश साँघुरो हुदै गएको छ । गुफा भित्र दुई ठाउँमा फलाम र काठको भ¥याङ राखिएको छ । गुफाभित्र विभिन्न आकृतिमा प्रतिमाहरु देख्न सकिन्छ । प्रवेशद्धारमा शिवलिंग रहेको छ ठाउँठाउँमा गणेश, नाग, शिवलिंग पाँच पाण्डव लगायतका विभिन्न आकृतिहरु रहेका छन् ।