Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ असोज ०४ गते, दिउँसो १२:५९ बजे
पर्बत - PBT

चाडबाडको अबसरमा पर्वतमा मापसे जाँच कडाईका साथै,सहायता कक्ष सञ्चालन गरिने

k By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

केदार शर्मा, असोज ४ पर्वत ।  जिल्ला प्रहरी कार्यलय पर्वतले दसैँ, तिहार, छठलगायत चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ ।
चाडबाडका समयमा धेरै मानिसले मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको छ । प्रहरी नायव उपरीक्षक शेखर खनालले चाडबाडमा धेरै मापसे सेवन गर्ने र लापर्बाहीपूर्वक सवारीसाधन चलाउनाका कारण ठुल्ठुला दुुर्घटना हुन सक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे जाँच गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
प्रहरीले सवारीसाधनले बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमितता रोक्न पर्वतमा भित्रिने तथा बाहिरिने नाकामा विशेष जाँचको व्यवस्था मिलाइएको छ ।
यस्तै कुश्म बजारमा सवारीसाधनमा धेरै भिडभाड नहोस् भन्ने उद्देश्यले नागरिक सहायता कक्ष राख्न लागिएको खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नागरिक सहायता कक्षमा कहाँदेखि कहाँसम्म कति भाडादर भन्नेबारेमा सूची टाँस गरिनाका साथै ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी र नागरिक समाजका प्रतिनिधि रहनुहुन्छ ।”
उहाँले सवारी चालकले सवारी नियम उलङ्घन गरी सवारी चलाएमा तत्काल ट्राफिक प्रहरी वा नागरिक सहायता कक्षमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।  कुश्म बजारको  शिबालय चोक आसपासमा  सहायता कक्ष राखिनेछन् । प्रहरीले निषेधित गरिएका सवारी गतिविधिलाई नियन्त्रणमा लिने र कानुनी कारबाही प्रक्रियालाई तीव्र बनाउने जनाएको छ ।
यस्तै यात्रु ठगिन गएमा वा मारमा परेमा तत्काल सूचना हासिल गर्ने र त्यस ठाउँमा खटिएको ट्राफिक प्रहरीले समस्याको समाधानमा सहयोग पु¥याउने प्रहरीले जनाएको छ । प्रहरीले सवारी साधनद्वारा हुने कुनै पनि नराम्रा गतिविधिलाई हुन नदिन र भएमा नियन्त्रण गर्नका निम्ति सम्बन्धित सबै निकायसँग समन्वय गर्ने भएको छ ।