Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ असोज ०५ गते, बिहान ६:२७ बजे
पर्बत - PBT

शैक्षिक सामाग्री वितरण तथा दिप प्रज्वलन गरी संविधान दिवस मनाइयो

k By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज ५ पर्वत । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको खुसियालीमा देशभर दिपावली गरी संविधान दिवस मनाइरहदा पर्वतमा सक्रिय रहेका विभिन्न संघसंस्थाले आफ्नै खाले शैलीबाट संविधान दिवस मनाएका छन् ।
एकता युवा क्लबले संविधानको पहिलो बार्षिकोत्सवको अबसरमा शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबका अध्यक्ष अच्यूत तिवारीका अनुसार कुश्मा नगरपालिका ९ मा रहेका गरिब, जेहेन्दार तथा असहाय विद्यार्थीलाई स्टेसनरी, खेलकुद सामाग्री तथा संबिधानको पुस्तक वितरण गरी संविधान दिवस मनाइएको हो । जिल्लामा सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको क्लबले क्ुश्मा बजारलाई ग्रिन सिटी, प्लाष्टिक मुक्त समाज बनाउनको लागि अभियान नै चलाएको छ ।
यसै विच सिसेफ नेपालले दिवसकै अबसरपारी कुश्मा बजारमा दिप प्रज्वलन गरेको छ ।
उक्त क्लवका सदस्यहरुले दिवसको खुशीयालीमा दिप प्रज्ज्वलन गरेको बताएका छन् । दश बर्षे जनयुद्ध, ०४६ जनआन्दोलन र २०६२।०६३ को दोस्रो जनआन्दोलनपछि संविधानसभाबाट    जारी भएको संविधानको स्वागतको  लागि मैन बत्ती बालेर दिप प्रज्वलन गरिएको सिसेफ नेपालकी सचिव कामना रेग्मीले बताइन् ।
लामो समयपछि संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको लागि शीर्ष राजनीतिक दलहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने संविधान दिवसमा खुशीयाली मनाउने सर्वसाधारणको भनाई छ ।
१२ बुदेँ विस्तृत शान्ति सम्झौता र ६५ बर्षको लामो समय अवधि पछि मात्रै नागरिकले संविधानसभाबाट संविधान पाएकोले यसको संस्थागत गर्नको लागि सवै एक हुनुपर्ने सहभागी नागरिकहरु बताउँछन् ।  सरकारले संविधान दिवसको अबसरपारी यहि असोज २, ३ र ४ गते घरघरमा दिप प्रज्लन गरी संविधान दिवस मनाउन आह्वान गरेको थियो