२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारविरुद्ध कुलमान घिसिङको रिट दर्ता, पेसी कहिले ?

२०८१, १४ चैत्र बिहीबार १३:५६

काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारविरुद्ध रिट दायर गरेका छन्।

उनले सर्वोच्च अदालतमा आफूलाई कार्यकारी निर्देशकबाट हटाइएको भन्दै सरकारविरुद्ध रिट दायर गरेका हुन् ।

उनले बुधबार पेस गरेको रिट आज दर्ता भएको हो। उक्त रिटको पेसी भोलि शुक्रबारलाई तोकिएको छ।

घिसिङले अधिवक्ता लोकमणि पोखरेल वारेसमार्फत अदालतमा रिट निवेदन पठाएका थिए । रिटमा घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्रालय लगायतलाई विपक्षी बनाएका छन् ।

सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनःस्थापना गर्नुपर्ने उनको माग छ ।

कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् ।

घिसिङको कार्यकाल चार महिना बाँकी रहँदा सरकारले पदमुक्त गर्ने निर्णय गरेको हो । पदमुक्त गर्नुअघि सरकारले पटक–पटक घिसिङलाई स्पष्टीकरण सोधेको थियो । घिसिङले दिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै मन्त्रिपरिषद् बैठकको निर्णयबाट उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ