2026-06-28 08:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन मारिए ट्रम्पको निर्देशनमा कासिम सुलेमानी ?

2020-01-05

पुस २० एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या पछि खाडी क्षेत्रमा तनाब बढेको छ | उनको निर्देशनमा भएको हवाई हमलाले ट्रम्पको निर्णयको वैधानिकता माथि नै प्रश्न उठेको छ |

पपुलर मोबिलाईजेसन फोर्स (पीएमएफ) भनिने मिलिसियाका उप–कमाण्डर अबु मेहदी अल–मुहन्दिस पनि मारिएका छन् | पीएमएफलाई इरानको समर्थन थियो | यो संगै अमेरिकाको यो आक्रमणको बदलालिने इरानले चेतावनी दिएको छ |

‘राष्ट्रपतिको दिशानिर्देशन’मा पेन्टागनले ड्रोन आक्रमण गरेको बताएको छ | डिपार्टमेन्टका अनुसार सुलेमानीको नेतृत्वमा रहेको कुद्स फौजले सयौं अमेरिकी र गठबन्धन सदस्यको हत्यामा भूमिका निभाएको थियो । त्यस्तोमा अमेरिकी राष्ट्रपतिले अमेरिकी फौजलाई आक्रमणबाट बचाउनुपर्ने भएकाले सुलेमानको हत्याको निर्णय कानुनी क्षेत्राधिकारमा अन्तर्गत पर्छ |

ट्रम्पले  सुलेमानीले  गम्भीर आक्रमण’को तयारी गरिरहेको आरोप लगाएका थिए |  ट्रम्पले भने युद्ध रोक्नको लागि सुलेमानीको हत्या गरे बताएका छन् | शीर्ष डेमोक्रेट्स नेताले भने आक्रमणको लागि ट्रम्पले अमेरिकी संसद (कंग्रेस)को सहमतिको आवश्यकताप्रति  प्रश्न गरेका छन् |

युनिभर्सिटी अफ टेक्सस स्कुल अफ लका प्रद्यापक बबी चेस्नीले संविधानको धारा दुई अन्तर्गत अमेरिकी राष्ट्रपति सेनाको कमाण्डर–इन–चिफ हुने भएकाले अमेरिकी राष्ट्रपतिले अमेरिकी स्वार्थ रक्षाको लागि बल प्रयोग गर्न सक्ने बताए |

तर केही विश्लेषक र अमेरिकी कंग्रेसका सदस्यका अनुसार ट्रम्पले १९७३ वार पावर्स एक्टमा रहेको केही बुँदालाई उलंघन गरेका छन् । उक्त ऐतिहासिक विधेयकले अमेरिकी फौजलाई लामो समय द्वन्द्वमा संलग्न गराउन सक्ने कदम चाल्नु अघि अमेरिकी कंग्रेससँग अनुमति लिनुपर्ने बताएको छ |

‘मध्य–पूर्वको युद्ध कुनै दुर्घटनावस भएको होइन,’ कार्नेगी इण्डोमेन्ट फर इन्टरनेसनल पिस इन वाशिन्टन डिसीका आरोन डेभिड मिलरले भने |  ट्रम्प प्रशासन र अघिको ओबामा प्रशासनले आईएसमाथिको आक्रमणको लागि सन् २००१ को अनुमतिलाई प्रयोग गरेका थिए |

शुक्रबार अमेरिका मिडियामा अमेरिकाले मध्य–पूर्वमा थप तीन हजार अतिरिक्त फौज पठाइरहेको समाचारमा आएको थियो । उक्त फौज थप जाखिमको संरक्षणको लागि तीव्र पठाएको रक्षा अधिकारीले जनाएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी