मङ्सिर ५, बेइजिङ | एजेन्सी | चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामाग्री पठाएको छ । चीनले पठाएको १ हजार टन मानवीय सहायताका सामाग्री बोकेको एउटा रेल चीनको उत्तरपश्चिम सिन्जियाङको उइगुर स्वायत्त क्षेत्रबाट अफानिस्तानतर्फ प्रस्थान गरेको छ । सो रेल १२ दिनभित्र अफगानिस्तानको मजार आइ सरिफ पुग्नेछ ।

चीनले पठाएका सामाग्रीमा नान, पाउडर दुध, कटनका जुत्ता, लुगा र कम्मललगायत छन् । सन् २०२१ देखि चीन –अफगानिस्तान मालबहाक रेलले अहिलेसम्म अफगानिस्तानमा २६ हजार टन मानवीय सहायताका सामाग्री पठाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले दुई देशबीचको मालबहाक रेल निरन्तर सञ्चालनमा आएको भन्दै कृषि उत्पादनका सामाग्री आयात निर्यात भएको बताएका थिए ।

१५ अगस्टमा तालिबानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा मानवीय संकट बढेको छ । चीनले अफगानिस्तानलाई २० करोड युयान बराबरको आपतकालीन सहयोग प्रदान गर्ने बचन दिएको छ ।

चीनले अफगानिस्तानलाई पठायो १ हजार टन सामाग्री
Leave a Comment