2026-11-02 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसी मोर्चाले समर्थन फिर्ता लिने कुरा हल्लामात्र हो: मन्त्री केसी

असोज १६, पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सहरी बिकास मन्त्री अर्जुन नर्सिङ केसीले मधेसी मोर्चाले सरकारलाई दिइएको समर्थन फिर्ता गर्ने कुरा हल्लामात्र भएको वताएका छन । 

एमाले, कंग्रेस, माओवादी र मद्येसी मोर्चा मिलेरै संविधान संसोधनको कुरा अगाडी वढेकाले मधेसी मोर्चाले सरकारलाई दिइएको समर्थन फिर्ता हुने काम हल्लामात्र भएको उनको भनाइ रहेको थियो ।

प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केसीले संविधान संसोधनको विषयमा राष्ट्रिय अखण्डता, भौगोलिक सन्तुलन, नेपाली जनताको सार्वभौमता र राष्ट्रको सर्वोच्चतालाई ध्यानमा राखेर अगाडी वढ्ने चार दल बिच सहमती भएकोले संविधान संसोधन र कार्यान्वयनको तयारी अगाडी वढिरहदा मधेसी मोर्चाको समर्थन फिर्त नहुने उनले वताए ।

संविधान संसोधन र कार्यान्वयनमा ढिला सुस्ती भएमा त्यसको जिम्मेवारी सवै दलले लिनुपर्ने भएकाले संविधान कार्यान्वयन गरी चैत्र भित्रमा तीन वटा निर्वाचन गर्न सरकार अगाडी वढेको उनको भनाइ रहेको थियो । 

यो सरकारले संविधान कार्यान्वयन र निर्वाचनमा जोड दिएको समेत उनले वताए । त्यसैगरी नेपालमा भएका सार्वजनिक जग्गाहरुको संरक्षणका लागी आफ्नो मन्त्रालय लागी परेको उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द