२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसी मोर्चाले समर्थन फिर्ता लिने कुरा हल्लामात्र हो: मन्त्री केसी

२०७३, १६ आश्विन आईतवार ११:२०

असोज १६, पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सहरी बिकास मन्त्री अर्जुन नर्सिङ केसीले मधेसी मोर्चाले सरकारलाई दिइएको समर्थन फिर्ता गर्ने कुरा हल्लामात्र भएको वताएका छन । 

एमाले, कंग्रेस, माओवादी र मद्येसी मोर्चा मिलेरै संविधान संसोधनको कुरा अगाडी वढेकाले मधेसी मोर्चाले सरकारलाई दिइएको समर्थन फिर्ता हुने काम हल्लामात्र भएको उनको भनाइ रहेको थियो ।

प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केसीले संविधान संसोधनको विषयमा राष्ट्रिय अखण्डता, भौगोलिक सन्तुलन, नेपाली जनताको सार्वभौमता र राष्ट्रको सर्वोच्चतालाई ध्यानमा राखेर अगाडी वढ्ने चार दल बिच सहमती भएकोले संविधान संसोधन र कार्यान्वयनको तयारी अगाडी वढिरहदा मधेसी मोर्चाको समर्थन फिर्त नहुने उनले वताए ।

संविधान संसोधन र कार्यान्वयनमा ढिला सुस्ती भएमा त्यसको जिम्मेवारी सवै दलले लिनुपर्ने भएकाले संविधान कार्यान्वयन गरी चैत्र भित्रमा तीन वटा निर्वाचन गर्न सरकार अगाडी वढेको उनको भनाइ रहेको थियो । 

यो सरकारले संविधान कार्यान्वयन र निर्वाचनमा जोड दिएको समेत उनले वताए । त्यसैगरी नेपालमा भएका सार्वजनिक जग्गाहरुको संरक्षणका लागी आफ्नो मन्त्रालय लागी परेको उनको भनाइ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर