गुडिरहेको रेलमा आगो लागेपछि…

Posted on: 03 Jul, 2022

एजेन्सी | भारतको बिहारमा आइतबार बिहान गुडिरहेको एउटा रेलमा आगो लागेको छ। नेपालको सीमार्वती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

Agnipath scheme | Protesters block railway tracks at Thakurnagar in West  Bengal - The Hindu

भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बाहरूमा भने फैलिन नपाएको र सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ। रेलको इन्जिनमा आगो कसरी लाग्यो भन्ने कारण खुलसकेको छैन।

यस बिषयमा तपाइको प्रतिक्रिया...!