सुनको मूल्य बढ्यो

Posted on: 30 Aug, 2020

भदौ १४, काठमाडौं । सुनको भाउ आइतबार सामान्य बढेको छ । गत शुक्रबारको भन्दा तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ७ सय रुपैयाँले घटेर तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य स्थिर  छ । चाँदी तोलाको १ हजार ३ सय ४० रुपैयाँ कारोबार मूल्य कायम छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुन प्रतिऔंस १९६४. ७७ डलरमा कारोबार भएको छ । चाँदी प्रतिऔंस २७. ५१ डलर रहेको छ ।

शुक्रबार सुन प्रतिऔंस १८४०. २२ र चाँदी २७.२० डलरमा कारोबार हुँदै आएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!