मंगलबार सेयर बजार ५ अंकले उकालो

Posted on: 03 Nov, 2020

कार्तिक १८, काठमाडौँ | सेयर बजारको परिसूचक नेप्से मंगलबार ५ अंकले उकालो लागेको छ |  बैंकिङ र विकास बैंक समूह घटे घटेपनि अरु समूहका कारण नेप्से बढेको छ | आज १९८ कम्पनीको २ अर्ब २३ करोड रुपैयाँको सेयर कारोबार भयो। सेयर कारोबार रकमका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो। सो कम्पनीको १० करोड रुपैयाँको कारोबार भयो। 

कम्पनीले राम्रो नगद लाभांश घोषणा गर्ने अपेक्षाले लगानीकर्ता सो कम्पनीमा आकर्षित देखिएका हुन्। केही वर्षयता कम्पनीले ४० प्रतिशतभन्दा धेरै नगद लाभांश दिँदै आएको छ।

आज कम्पनीको सेयर मूल्य पनि प्रतिकित्ता २४ रुपैयाँले बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५१ रुपैयाँ पुगेको छ। टेलिकमपछि एनआइसी एसिया बैंकको ८ करोड ३४ लाख रुपैयाँको कारोबार भयो। त्यस्तै प्राइम कमर्सियल बैंकको ८ करोडको कारोबार भयो। 

समूहगत रुपमा हेर्दा बैंकिङ २ र विकास बैंक समूह १६ अंकले घटे। ब्यापार ५५, होटल १, जलविद्युत ७, फाइनान्स ५, निर्जीवन बीमा १७६, उत्पादन ५, अन्य १४, माइक्रोफाइनान्स ६, जीवन बीमा समूह १४ अंकले बढेको छ। 

विशाल बजार कम्पनी, समिट लघुवित्त र पाँचथर पावरका लगानीकर्ताले सबैभन्दा धेरै मूल्य करिब १० प्रतिशत कमाए। महालक्ष्मी विकास बैंकको मूल्य सबैभन्दा बढी साढे २ प्रतिशत घटेको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!