१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उपनिर्वाचनको मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ ?

१४ बैशाख २०८१, शुक्रबार ०८:५७

बैशाख १४, काठमाडौँ । निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ ।

इलाम-२ को प्रतिनिधिसभा र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(क) मा सम्पन्न हुने उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि आयोगले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको छ । 

मतदानको दिन चलाउन पाइने सवारी साधन :

(क) बिरामी बोकेको एम्बुलेन्स, 

(ख) खानेपानीको ट्याङ्कर, 

(ग) दुध बोक्ने सवारी साधन, 

(घ) दमकल, 

(ङ) सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै सूचिकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी गरिएका परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, 

(च) दुरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, 

(छ) शव वाहन, 

(ज) अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन,

(झ) निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन,

(ञ) फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन,

(ट) तरकारी, फलफुल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन,

(ठ) कुटनीतिक नियोग, युएन एजेन्सी तथा द्विपक्षीय तथा वहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन,

(ड) विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन,

(ढ) सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन,

(ण) आफु खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन ।

साथै आयोगले सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउन समेत निर्देशन दिएको छ । उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि एक जनाले मतदानको दिन चार पाङ्ग्रे, तिन पाङ्ग्रे वा दुई पाङ्ग्रे मध्ये १ (एक) वटा सवारीसाधन मात्र अनुमती लिएर प्रयोग गर्न सक्ने ब्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ ।

त्यस्तै सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउने र मतदानको दिन कसैले यो निर्देशन विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई मतदानको काम सम्पन्न भएपश्चात मात्र फिर्ता दिने व्यवस्था गर्न समेत आयोगले निर्देशन दिएको जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट