प्रभु लाइफले गर्यो आइपिओ बाँडफाँट,कतिले पाए शेयर ?

Posted on: 25 Dec, 2020

पुस १०, काठमाडौँ । शुक्रबार प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ बाँडफाँट  गरेको छ । १० लाख ५१ हजार २ सय १६ जनाले आवेदन दिएकामा ५ लाख ४० हजार जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका हुन् ।

त्यस्तै  २ हजार १ सय ६९ जना आवेदकको आवेदन रद्ध भएको छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो। बाँकी रहेको  ५४ लाख कित्ता मात्र सर्वसाधारणको लागि खुला गरिएको थियो। ५ लाख ९ हजार ४७ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!