गरिमा विकास बैंकको लाभांश प्रस्ताव, बोनस कति ?

Posted on: 27 Dec, 2020

पुस १२, काठमाडौँ । गत आर्थिक वर्षको मुनाफाबाट गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको पुस १० गते शुक्रबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारण सभाले पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!