एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’

Posted on: 19 Jan, 2021

माघ ६,काठमाडौं । एनसेलले आफ्ना ग्राहककालागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सर्फमेसन योजनाअनुरुप  ग्राहककालागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको हो ।

उक्त च्याट सेवाको डिजिटल प्लेटफर्म मार्फत ग्राहकले एनसेलको सेवातथा सुविधाहरुकाबारेमा जानकारी सजिलै लिन सक्ने कम्पनीले जनाएको छ । च्याटबोट सेवा ‘माया’एनसेलले आफ्नो नयाँअभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको जनाएको छ।

यो अभियानले डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ । यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

जसअन्तर्गत एनसेलकाग्राहकले च्याटबोट मार्फत एनसेलको सेवालिन, आफ्ना प्रश्नवागुनासोहरु राख्न सक्छन् ।च्याटबोट सेवा ‘माया’ माघ ४ गते देखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्याण्डलमा उपलब्धभएका छन् । 

यस प्लेटफर्म मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याकखरिद गर्न, भिसातथा मास्टरकार्डबाट रिचार्ज गर्न, एनसेलको सेवातथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिनतथाकुनै गुनासो भए राख्न सक्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!