त्रिभुवन विश्वविद्यालयले माग्यो ५६४ शिक्षक(विज्ञापन सहित)

Posted on: 21 Feb, 2021

फागुन ९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ५६४ जना प्राध्यापक पदमा दरखास्त आह्वान गरेको छ ।आइतबार गोरखापत्रमा सूचना सार्वजनिक गर्दै शिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।

 आयोगले खुल्ला तथा समावेशीतर्फबाट पदपुर्तिको माग गर्दै आयोगले अंग्रेजी, नेपाली अर्थशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ्गका विभिन्न विषय, मेडिलकका विभिन्न विषय, विभिन्न कलाका विषय लगायतका अन्य धेरै विषयका शिक्षकमागेको हो ।

प्राध्यापक, सशप्राध्यापक तथा उप–प्राध्यापक पदहरुमा खुल्ला प्रतियोगिताद्वारा पदपुर्ति गरिने आयोगले जनाएको छ । नेपाली नागरिकता भएका तोकिएका योग्यता पुगेका इच्छुकले चैत १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत २४ गतेसम्म दरखास्त आवेदन दिन सक्नेछन् ।

आवेदन दिनको प्राध्यापकमा ३५ सय रुपैयाँ, सह–प्राध्यापकमा ३२ सय रुपैयाँ शुल्क तोकिएको भने आवेदन आयोगको वेवसाइटबाट अनलाइनमार्फत् दिन सकिने उल्लेख गरिएको छ ।

No photo description available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!