रुरु जलविद्युत् परियोजनाको आइपीओ चैत २० गतेदेखि, कति दिने आवेदन ?

Posted on: 24 Mar, 2021

चैत ११, काठमाडौं । रुरु जलविद्युत् परियोजनाको सर्वसाधारणका प्राथमिक सेयर (आइपीओ) चैत २० गतेदेखि निष्कासन हुने भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

उक्त शेयर मध्ये ८ हजार १५४ कित्ता (२ प्रतिशत) कर्मचारीलाई र ४ प्रतिशत अर्थात् २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानीकर्तालाई सुरक्षित गरी बाँकी रहेको ३७ लाख ९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले भने प्रतिकित्ता १ सय रुपैयाँका दरले आवेदन दिन पाउनेछन् । कम्पनीले जारी गरेको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओ चैत २० गते निष्कासन भइ छिटोमा चैत २४ गते र ढिलोमा बैशाख ३ गते बन्द हुनेछ ।

यसअघि कम्पनीले गुल्मीका प्रभावितहरुलाई सेयर निष्कासन गरेको थियो । कम्पनीका सञ्चालकमा आशीष सुवेदी, भरतप्रसाद नेपाल, मीनराज कँडेल र चन्द्रबहादुर पुन छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!