बुधबार शेयर कारोबार अवधि १ घण्टा थप

Posted on: 31 Mar, 2021

चैत १८, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बुधबार शेयर कारोबार अवधि थप गरेको छ ।

टिएमएसमा समस्या आएका कारण कारोबार अवधि एक घन्टा थप गरिएको हो । अनलाइन शेयर कारोबारमा समस्या आएका कारण १ घण्टा अवधि थपिएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार अहिले उक्त समस्यामा सुधार आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!