नागरिक लगानी कोषद्वारा लाभांश घोषणा

Posted on: 04 Apr, 2021

चैत २२, काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कोषको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९ प्रतिशत अर्थात् २७ करोड रुपैयाँ बराबरको बोनस सेयर र ८.८९ प्रतिशत अर्थात् २६ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँ बराबरको नगद  (कर प्रयोजनका लागि समेत) लाभांश दिने निर्णय गरेको छ ।

उक्त लाभांश अर्थमन्त्रालयबाट स्वीकृत तथा साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

No photo description available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!