१३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो प्रतितोला ?

Posted on: 21 Apr, 2021

वैशाख ८, काठमाडौँ । बुधबार नेपालमा सुनको मूल्य एकै दिन १३ सयले बढेको छ । मंगलबार ९० हजार ७ सय रुपैंयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजारमा कारोबार भएको हो ।

यस्तै आज तेजाबी सुन ९१ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ९१ हजारमा कारोबार भएको सुनको मूल्य मंगलबार ३ सयले घटेर ९० हजार ७ सयमा कारोबार भएको थियो ।

यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १३ सयमा कारोबार भएको चाँदी १० रुपैंयाले बढेर १ हजार ३ सय १० मा कारोबार भएको महासंघले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!