शेयर बजारमा दोहोरो अंकको गिरावट,ज्योति लाइफको शेयर मूल्यमा सर्किट

Posted on: 21 Apr, 2021

वैशाख ८, काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० मा पुगेको हो । आज कूल २१४ कम्पनीको सेयर कारोबार भएको छ । 

कूल दुई सय १४ कम्पनीको एक करोड ३७ लाख ४४ हजार २९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७५ करोड २३ लाख ८९ हजार ४७४ रुपैयाँ बराबरको कारोबार भएको छ । कूल १३ वटा उपसमूहमध्ये एउटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी १२ वटा उपसमूहको सेयर घटेको छ । आज म्युचुअल फण्ड समुहको मात्र सेयर बढेको हो । यसदिन ज्योति लाइफ इन्सोरेन्सको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

लगातार सर्किट लाग्दै आएको उक्त कम्पनीको शेयर मूल्य बुधबार ७५ रुपैंयाले बढेर प्रतिकित्ता ८ सय २६ पुगेको छ । आज चार ज्योति लाइफ सहित कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

महिला लघुवित्त वित्तीय संस्था,गरिन डेभलपमेन्ट बैंक,हिमाल दोलखा हाइड्रोपावरको शेयर मूल्य क्रमश १६०,१९,१५ ले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी गुमाउनेमा लिबर्टी इनर्जी कम्पनी,हिमालयन पावर पार्टनर र नरायण डेभलपमेन्ट बैंक रहेका छन् । कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै निफ्राको २५ करोड ३९ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

कम्पनीको सेयर प्रतिकित्ता ५७२ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी हिमाल दोलखा हाइड्रोपावर, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, अपि पावर कम्पनी, नबिल बैंक, एनआईसी एशिया लघुवित्त, अप्पर तामाकोशी हाइड्रोपावर, एनआईसी एशिया बैंक र अरुण कावेली पावरले सबैभन्दा धेरै कारोबार गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!