महिला कृषि सहकारी संस्थाद्धारा जनप्रतिनिधीलाई सम्मान

Posted on: 18 Aug, 2017

विमल धामी/भदौं २, कञ्चनपुर ।  कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा रहेको बेल्डाँडी महिला साना किसान कृषि सहकारी संस्था द्धारा बेल्डाँडीका जनप्रतिनिधीलाई सम्मान गरेको छन् ।

विगत २ बर्ष देखि बेल्डाँडी विकासको क्षेत्रमा काम गर्दै आएको महिला सहकारी संस्थामा हाल सम्म ९० वटा समुह रहेका छन् । ११ जना कार्य समिति रहेको संस्थामा ३ जना कर्मचारी रहेको संस्थाकी अध्यक्ष कमला जोशीले जानकारी गराउनु भयो उनले भने हामीले खास गरेर महिला र कृषि क्षेत्रमा काम गर्न लागेको बताए । अव आएका जन प्रतिनिधीले महिला र कृषि क्षेत्रमा सहयोग गर्नु पर्ने माग समेत गरेका थिए ।

सम्मान पाएका जनप्रतिनिधी बेल्डाँडीका अध्यक्ष धन बहादुर थापाले महिला र कृषि क्षेत्रमा विषेश लागानी गर्ने बचन दिएका थिए । नेपाल कृषि प्रदान देश भएकाले कृषिमा हाम्रो जोड रहेन बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!