३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

Doko App ले फोटोग्राफी प्रतियोगिता आयोजना गर्दै, पुरस्कार राशी दुई लाख पच्चिस हजार

१७ पुष २०८०, मंगलवार ०२:४१

पुस १७, काठमाडौँ । डोको एपले  'Capture your World' विषयवस्तुमा  फोटोग्राफी प्रतियोगिता सुरु गरेको छ । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो र सर्वाधिक पुरस्कार राशीको मोबाईल फोटोग्राफी प्रतियोगिता दाबी गर्दै डोको एपले फोटोमा आफ्नो खुशी र भविष्य देख्ने सम्पूर्णलाई प्रतियोगितामा सहभागी हुन आव्हान गरेको छ ।  


यो प्रतियोगिता २०२३ सालको अंग्रेजी नयाँ वर्षबाट शुरू भएको र नेपाली नयाँ वर्षसम्म चल्ने छ । प्रतिस्पर्धामा सहभागी हुन चाहने फोटोग्राफरहरूले आफ्नो उत्कृष्ट र कलात्मक पहिचानले भरिएका फोटोहरू डोको एपमा रहेको फोटोग्राफी सेक्सनमा गई अपलोड गर्न सक्नेछन् ।  तीन महिना पन्ध्र दिन चल्ने यो प्रतियोगितामा फोटोग्राफीको विविधतालाई ध्यानमा राखी पोट्रेट फोटोग्राफी (Portrait Photography), स्ट्रीट एण्ड अर्बान एक्स्प्लोरेसन फोटोग्राफी (Street and Urban Exploration Photography), फेस्टिभल एण्ड कल्चरल फोटोग्राफी (Festival and Cultural Photography), नेचर एण्ड वाईल्ड लाईफ फोटोग्राफी (Nature and Wildlife Photography), म्याक्रो फोटोग्राफी  (Macro Photography), नाईट एण्ड एस्ट्रो फोटोग्राफी  (Night and Astrophotography), ट्राभल एण्ड एडभेन्चर फोटोग्राफी  (Travel and Adventure Photography), ब्ल्याक एण्ड व्हाईट फोटोग्राफी (Black and White Photography), फेसन एण्ड ग्ल्यामर फोटोग्राफी (Fashion and Glamour Photography) र फुड फोटोग्राफी  (Food Photography) गरि १० विधाका तस्विर मान्य हुनेछन् । 


कुल पुरस्कार राशी दुई लाख पच्चिस हजार रुपैँया रहेको यो प्रतियोगितामा विजयी बन्ने फोटोग्राफरले पहिलो पुरस्कारमा एक लाख रुपैयाँ, दोस्रो पुरस्कारमा पचास हजार रुपैयाँ, र तेश्रो प्रतियोगीले पच्चिस  हजार रुपैयाँ पुरस्कार जित्नेछन् । यसैगरी  प्रत्येक श्रेणीको विजेताले थप पाँच-पाँच हजार रुपैयाँ  पनि जित्नेछन् ।  एकजनाले प्रत्येक क्याटेगोरीमा तीन -तीन वटा गरेर बढीमा ३० वटा सम्म फोटो पठाउन सक्नेछन् ।  विजेताको छनोट डोको एपमा अपलोड भएको फोटोमा आउने लाईकलाई पचास प्रतिशत र जजको मुल्याङ्कनलाई पचास प्रतिशत मानेर गरिनेछ । विजेताको घोषणा वैशाख १५ गते डोकोका सबै प्ल्याटफर्मबाट लाईभ मार्फत हुने जनाएको छ ।   

डोकोले यस प्रतियोगिता मार्फत नेपाली फोटोग्राफीमा रुची भएका युवाहरुको लागी आफ्नो कला देखाउने  साथ साथै पैसा कमाउने अवसर पनि लिएर आएको जनाएको छ ।


यो प्रतियोगिताको बारेमा  बिस्तृत जानकारी लिन यो भिडियो पनि हेर्न सक्नुहुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी