कार्यकर्ता पोस्न सरकारी ढुकुटी दोहन, ६ महिनामै बाँडियो नेता कार्यकर्तालाई ७ करोड

Posted on: 30 Jan, 2018

माघ १६, काठमाडौँ । सरकारले आर्थिक सहायता शीर्षकमा एक बर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपैयाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ । 

आर्थिक बर्ष २०७४, ७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याएको भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै साढे ३२ करोड रुपैयाँ खर्च गरिसकेको छ । 

आर्थिक सहायता शीर्षकमा यो आर्थिक बर्षका लागि छुट्याइएको रकमले पहिलो ६ महिनालाई पनि पुगेन, अर्थ मन्त्रालय स्रोतले भन्यो देश त्यस्तै त ऋणमा चलेको छ भने यसरी आर्थिक सहायताका नाममा दलका पहुँचवाला नेता तथा कार्यकर्तालाई जभाभावी रकम बाँड्ने हो भने अर्थतन्त्रको अवस्था के होला ?, यो खबर आजको नागरिक दैनिकमा सुरेन्द्र पौडेलले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!