बाढीले मन्थली अस्तव्यस्त :परीक्षा दिन गएका विद्यार्थी बगे,घर डुबानमा (तस्बिर सहित)

Posted on: 14 May, 2018

बैशाख ३१, रामेछाप ।

रामेछाप सदरमुकाम मन्थलीमा बर्षाद सँगै आएको बाढीले  परीक्षा दिन हिडेँका विद्यार्थी बगाएको छ भने दर्जनौ घर डुबाएको छ ।

मन्थली नगरपालिकाको भटौली स्थित रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी  मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको छ भने उनीसँगै बगेका ६ जना विद्यार्थीहरुको भने उद्धार गरिएको छ । बेपत्ता फुँयालको अहिले नेपाली, सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।


सदरमुकामको बजार क्षेत्र, बसपार्क, ट्राफिक चौक, खाँदबारी, आकाशे र गडुवारी क्षेत्रमा बाढी आएको हो । बाढीले केही सडकमा समेत क्षती हुँदा सवारी आवागमन प्रभावित भएको छ ।


पहिरोले केही घर र पसलमासमेत क्षति पुर्यागएको बताइएको छ । पसलमा हिलो पसेको छ । बसपार्कमा पार्किङ गरी राखिएका गाडीहरु नै बाढीले बगाएर ल्याएकाे ग्रेगरले फसेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सेना, प्रहरी, स्थानीय उद्धारकर्मीहरु रातिबाट नै परिचालित छन् ।



बसपार्क

ट्राफिक चोक- आकाशे






तस्बिर/ विभिन्न व्यक्तिको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!