आइथ्रीएस प्रविधिसहितको स्कूटर नेपालमा भित्रियो, कति पर्छ मुल्य ? हेर्नुहोस्

Posted on: 16 Apr, 2019

बैशाख ३, काठमाण्डाै - आइथ्रीएस प्रविधिसहितको स्कूटर ‘डेस्टिनी १२५’ नेपाली बजारमा भित्रिएको छ । 

हिरो मोटाेकर्प लिमिटेडले मंगलबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी सो प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५ बजारमा ल्याएकाे हो । ग्राहकको चाहनालाई ध्यानमा राखेर आइथ्रीएस प्रविधिजडित डेष्टिनी १२५ स्कूटर नेपालमा पनि ल्याइएको कम्पनीले जनाएको छ ।

डेष्टिनी १२५ स्कूटरको मूल्य भ्याटसहित २ लाख ६ हजार राखिएको छ । काठमाडौँमा शुन्य प्रतिशत डाउनपेमेन्ट र काठमाडौँ बाहिर ५० प्रतिशत डाउन पेमेन्टमा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ।  

स्कुटर बैशाख ४ बाट देश्भर हिरोमोटर साइकलका शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । स्कुटर सेगमेन्टमा पहिलो पटक १२५ मा माइलेजको लागि हिरोको अविस्कार आइ थ्री एस जडान गरिएको कम्पनीले जनाएको छ । स्टाइल, पावर र प्रविधिकमा विशेष संयोजन रहेको नयाँ डेस्टेनी १२५ नेपालको पहिलो र एक मात्र फेमिली स्कुटर रहेको कम्पनीले दाबी गरेको छ ।  

स्कुटरमा डिजिटल एनलग स्पिडोमिटर , साइड स्ट्याण्ड  इन्डिकेटर र सर्भिस ड्यु रिमाइन्डर पनि रहेको कम्पनीले जनाएको छ। साथै स्कुटरमा बाहिरबाटै इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाइल चार्ज गर्न मिल्ने र बुट लाइटको सुविधा रहेको कम्पनीले जनाएको छ । स्कुटरमा भएको टेलिस्कोप सस्पेन्सन र एकीकृत बैंकिंङ्ग प्रणालीले आरामदायी यात्राको अनुभूति दिलाउने कम्पनीले दावी गरेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!