क्रिसमसमा जनावरले पाए यस्तो उपहार

Posted on: 25 Dec, 2019

पुस ९, एजेन्सी | संसारका चिडिया खानामा रहेका जनावरहरुलाई हरेक दिन खाना दिने गरिन्छ | उनीहरुलाई रुचि अनुसारको उपहार दिइन्छ |क्रिष्टिमसको अवसरमा कसले के उपहार पाए | यहाँ फ्रान्स, जर्मनी, कोलम्बिया र न्यूजिल्याण्डका चिडियाखानाका केही तस्बिर सार्वजनिक गरिएको छ |

यो तस्बिर न्यूजिल्याण्डको ओराना वाइल्ड लाइफ पार्कको हो । क्राइस्ट चर्चमा रहेको यो वाइल्ड लाइफ पार्कमा बस्ने यो सुगाका लागि क्रिसमसको उपहार राखिएको छ । जसलाई उसले यसरी खोलेको छ ।


ओरानामा आफूलाई मनपर्ने खानेकुरा पाएर यो गोरिल्लाले यसरी तस्बिर खिचाएको छ ।


यो तस्बिर पनि ओरानाकै हो । तपाईंले चितुवालाई आफ्नो शिकारको पछाडि तीब्र गतिमा दौडिरहेको मात्रै देख्नुभएको होला । यसअघि कहिले चितुवाले उपहार खोलिरहेको देख्नुभएको थियो ?


यो तस्बिर उत्तर पश्चिम फ्रान्सको ले मेन्स नजिकैको जू डे पेशहेरेमा खिचिएको हो । यो तस्बिरमा स्क्वारल मंकीलाई आफ्नो उपहार खोलिरहेको देख्न सकिन्छ ।


यो तस्बिर उत्तरी जर्मनीको हेम्बर्गको तिएरपार्क हेगेनब्याक चिडियाखानाको हो ।


हात्तीका लागि फलफूल र ड्राइ फ्रुटलाई गिफ्ट प्याकमा यसरी सजाएर पेश गरियो ।


 कोलम्बियाको केली चिडियाघरमा क्यान्डीको मज्जा लिइरहेको बबून ।


कालो ज्यागुअरका लागि केही विशेष तरिकाले उपहार राखियो ।


जंगलको राजाको शैली


सान्टा क्लजलाई नियालिरहेको एउटा सानो बाँदर

यस बिषयमा तपाइको प्रतिक्रिया...!