दाङ र सल्यानका तीनवटा खोलामा नौ करोडका पुल बन्ने

Posted on: 22 Jan, 2017

 माघ ९, दाङ । दाङ र सल्यानका तीनवटा खोलामा नौ करोड लगानीमा पुलहरु निर्माण हुन थालेका छन् । 

दामोदर सडकखण्ड अन्तर्गत थपगाउँ र एकली गाउँको बीचमा पर्ने चिरेघाटखोलामा चार करोड ८५ लाखको लागतमा ७५ मिटर लम्बाई र आठ मिटर चौडा पुलको निर्माण कार्य शुरु भएको छ । 

२०७४ मंसिर महिनाभित्र निर्माण कार्य सक्नेगरी गत असार २९ गते जिल्ला प्राविधिक कार्यालय दाङसँग सम्झौ ता गरेको देव तथा सायर र जुद्ध एण्ड पूर्ण निर्माण सेवाले १० दिन अघिदे खि काम शुरु गरेको हो । 

त्यसैगरी सोही निर्माण कम्पनीले रोल्पा जाने सडकको बगालेखोलामा पनि पुल निर्माण गर्न लागेको निर्माण सेवाका प्रोप्राइटर पूर्णबहादुर भण्डारीले जानकारी दिनुभयो ।

निर्माण सेवाले ५० मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको पुल निर्माणका लागि दुई करोड ४७ लाखमा प्राविधिक कार्यालयसँग सम्झौता गरेको छ । गत असार २९ गते सम्झौता गरेको निर्माण सेवाले २०७४ मंसिर मसान्तभित्र निर्माण कार्य पूरा गर्नुपर्नेछ । 

अहिलेसम्म ४० प्रतिशत काम पूरा भएको निर्माण व्यवसायी भण्डारीले बताउनुभयो । त्यसैगरी दाङ–सल्यान सडकको घट्टेकुलामा पनि पुल निर्माण गर्न लागिएको छ । दुई करो ड २७ लाखको लागतमा जुद्ध एण्ड पूर्ण निर्माण सेवाले २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको पुल निर्माण गर्न लागेको हो । 

निर्माण सेवाले २०७४ जेठ महिनाभित्र पुलको निर्माण कार्य सक्ने गरी भदौ १२ गते डिभिजन सडक कार्यालय दाङसँग सम्झौता गरेको थियो । -नयाँ युगबोध राष्ट्रिय दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!