२४ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कालेका नाममा कृष्णबहादुर पक्राउ, एक महिना नौ दिन जेल

२१ चैत्र २०८०, बुधबार ०६:५३

चैत २१, काठमाडौँ | मुद्दा फैसलाको ४४ वर्षपछि राज्यले निर्दोष मानिसलाई पक्राउ गरेर एक महिना नौ दिन कारागारमा थुनेपछि सर्वोच्च अदालतको आदेशमा छाडेको छ। सिन्धुपाल्चोकका कृष्णबहादुर सार्कीलाई काले सार्कीका नाममा प्रहरीले पक्राउ गरेको थियो। उनलाई गत फागुन ११ मा पक्राउ गरी चैत १९ मा अदालतको आदेशपछि छोडिएको हो।

न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र महेश शर्मा पौडेलको संयुक्त इजलासले एउटा नामको व्यक्ति दोषी ठहर भएका र अर्को व्यक्तिलाई पक्राउ गरिएको भन्दै सोमबार छोड्न आदेश गरेको हो। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका– १० गैरीगाउँका कृष्णबहादुर सार्कीलाई काले सार्की नै हो भन्दै प्रहरीले पक्राउ गरेको थियो।

मानव बेचबिखन मुद्दामा काले सार्कीलाई अन्तिम फैसलासमेतबाट ठहर भएको २० वर्ष कैद कार्यान्वयनका लागि पक्राउ गरिएको थियो। जिल्ला अदालत, तत्कालीन क्षेत्रीय अदालत र सर्वोच्च अदालतको मानव बेचबिखन सम्बन्धी फैसला भएको थियो। तीन तहले नै मानव बेचबिखन मुद्दा ठहर गरेको थियो।  

मुलुकी अपराध संहितामा बदनियतपूर्वक थुनछेक गर्न नहुने व्यवस्था छ। संहिताको दफा २०० को १ मा ‘कसैले कुनै व्यक्तिलाई कानुनबमोजिम बाहेक बदनियतपूर्वक अन्य कुनै किसिमले थुनामा राख्न वा राख्न लगाउन हुँदैन। त्यस बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिबाना हुनेछ’ भन्ने व्यवस्था छ।

दफा २०४ मा क्षतिपूर्ति भराई दिनुपर्ने व्यवस्था छ। ‘यस परिच्छेद बमोजिमको कसूर गर्ने वा गराउने कसूरदारबाट पीडित व्यक्तिलाई मनासिव क्षतिपूर्ति भराई दिनुपर्नेछ।’

सिन्धुपाल्चोक जिल्ला अदालतले कृष्णबहादुरलाई २०८० फागुन ११ मा कैदपुर्जी दिइएको थियो। मानिसको पहिचानै नगरी काले सार्कीको नाउँको कैदमा अर्कै व्यक्ति बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाऊँ भन्दै छोरा अम्बरबहादुर पुर्कुटीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। ‘मानव बेचबिखन मुद्दाको मिसिलमा, प्रहरी प्रतिवेदनमा काले सार्कीविरूद्ध अभियोजन गरिएको थियो।

काले सार्की भन्ने कृष्णबहादुर सार्की भन्ने मुद्दाको अनुसन्धान हुँदादेखि सर्वोच्च अदालतबाट फैसला हुँदासम्म कुनै पनि कागजातबाट खुल्न आएन,’ सर्वोच्चले भनेको छ। ‘नागरिकताको प्रमाणपत्रमा कृष्णबहादुर सार्की भन्ने देखिन्छ। सुरु अदालतको लगत पनि काले सार्कीको नाउँमै कसिएको छ,’ सर्वोच्चले सोमबारको आदेशमा भनेको छ, ‘कैद कार्यान्वयनका लागि पठाएको कैदी पूर्जीमा उल्लिखित काले सार्की र यी निवेदक एउटै व्यक्ति हुन् भन्ने सम्बद्ध मानव बेचबिखन मुद्दालगायत कुनै पनि ठोस, वस्तुनिष्ठ, निश्चयात्मक र भरपर्दो प्रमाणबाट देखिन आएको छैन।’


कैद ठहर भएको भनिएका व्यक्तिको स्पष्ट रूपमा पहिचान र यकिन नभएमा शंका र अनुमानका आधारमा कुनै अर्को व्यक्तिलाई थुनामा राख्ने कामले व्यक्तिको वैयक्तिक स्वतन्त्रतामा आघात पार्ने हुन्छ। ‘त्यसरी थुनामा राख्ने कार्यलाई कानुन बमोजिमको थुनाको संज्ञा दिन पनि मिल्ने हुँदैन। 

व्यक्तिको स्पष्ट पहिचान नगरी थुनामा राख्ने कामलाई कानुनी रूपमा थुनामा राखेको भन्न नमिल्ने मात्र होइन व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरित हुने गरी प्रवृत्त धारणाकै रूपमा थुनामा राखेको मान्नुपर्ने हुन्छ,’ सर्वोच्चले भनेको छ।

जिल्ला, क्षेत्रीय हुँदै २०४२ साल जेठ १२ मा अन्तिम फैसला भएको मानव बेचबिखन मुद्दामा कसुर कायम भई सजाय पाएका काले सार्की र हाल सोही काले सार्की भनी थुनामा रहेका कृष्णबहादुर एकै व्यक्ति हुन प्रमाणबाट पुष्टि हुन नआएकाले गैरकानुनी थुना देखिन आएकोले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी निवेदक बन्दी आजै थुनामुक्त हुने ठहर्छ।’

गाउँको दलित नागरिकतामा देखिए पछि थर मिलेको भनेर पक्राउ गरिएको रहेछ अधिवक्ता लक्ष्मी थापाले भनिन्। ‘बहसका क्रममा हामीले क्षतिपूर्ति दाबी गरेका छौं। सर्वोच्चको आदेशको पूर्ण पाठमा के आउँछ हेर्नुपर्छ,’ उनले भनिन्, ‘निर्दोष व्यक्तिलाई एक महिना नौ दिन कारागार राखिएको छ।’ बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गर्नसमेत निकै कठिन भएको उनको दाबी छ। राज्यले नै हक हनन् गरेकाले क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ।

आफ्ना बुबा बिरामी रहेको बेला सादा पोसाकमा गएका प्रहरीले खबर गरी इलाका प्रहरी कार्यालयबाट प्रहरी बोलाएको कृष्णबहादुरका छोरा अम्बर बताउँछन्। २०३६ सालको मुद्दा भन्दै पक्राउ पूर्जी पनि नदिई ल्याएको उनले बताए। ‘पक्राउ पूर्जी पनि थिएन। कागज पनि केही थिएन। काले नामको मान्छे होइन भन्दाभन्दै नमानेपछि प्रहरीले जबर्जस्ती पक्रेर लानुभयो,’ अम्बरले टेलिफोनमा भने।

कृष्णबहादुरलाई फागुन १० मा प्रहरीले घरमै गएर पक्राउ गरेको थियो। उनका छोराका अनुसार कृष्णबहादुर अक्षर चिन्दैनन् र उनी कहिल्यै विदेश पनि गएका छैनन्। ‘बुबाआमा काठमाडौं त देख्नु भएको छैन। के कारणले भन्ने पनि हाम्लाई थाहा थिएन’ उनले भने, ‘घर पठाइदिन्छु सबै कुरा हो भन्नु भनेछन्। त्यसपछि हो भनिदिनुभएछ। के भनें मलाई थाहै छैन भन्नुभयो। के लेखेर बुबाको औंठाछाप लगाइदिएछन्।’

सिन्धुपाल्चोक जिल्ला अदालत चौताराकी तहसिलदार कल्पना अर्यालका अनुसार प्रहरीले पक्राउ गरेर ल्याएका व्यक्तिले नाम नागरिकतामा कृष्णबहादुर भए पनि म काले सार्की भन्ने हो भनेपछि कैद पुर्जी दिइएको बताइन्। ‘फैसला हुँदा काले सार्की दोषी ठहरिएको थियो। प्रहरीले लिएर आउनुभयो। फैसलापछि नागरिकता बनाइएको देखियो। प्रहरीले उहाँ नै हो भनेपछि पुर्जी दिएका हौं।’

त्यस बेलाको मुद्दामा डम्मरबहादुर सार्की, नेप्टे सर्किनी, काले सार्की २०३९ सालको फैसलाले कायम गरेको देखिएको उनले बताइन्। तिनैजना दोषी ठहर तत्कालीन समयमा फरार रहेका थिए। लगत फछ्र्योट गर्ने क्रममा प्रहरीले पुराना मुद्दाका दोषी पक्राउ गरेर ल्याउँदा फरक व्यक्ति ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकार रजकका परिवारलाई भेटेर देउवाले दोषीलाई सरकारले छाड्दैन भने नेपाली सेनाले चैत २८ गतेदेखि ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ शुरु गर्दै १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ देशका विभिन्न स्थानबाट लागूऔषध सहित २० जना पक्राउ चैत्र १५ गतेको घटनाका दोषीलाई सरकारले कारबाही गर्नुपर्छ : माधव नेपाल कुलमानको पुनर्बहालीको माग गर्दै माइतीघरमा प्रदर्शन भक्तपुरमा बन्दै छ बिस्केट जात्राका लागि रथ शिक्षक पछि चिकित्सक पनि उत्रिए सडकमा काँग्रेसको कार्यक्रममा भारतीय पाहुना शिक्षकहरुको शान्तिपूर्ण आन्दोलन जारी सात समूहलाई सगरमाथा आरोहणको अनुमति सानिमा बैंकले ग्राहकहरूले भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल भोलिदेखि गर्ने देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः रामचन्द्र पौडेल यु–१९ पुरुष विश्वकप एसिया छनोट : नेपालले टस हार्यो रामनवमी पर्वका अवसरमा आज देशभरका राम मन्दिरमा भक्तजनको भीड आइतबार सुन तोलामा १ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ? नारायणगढ–बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री