प्युठानमा हत्या आरोपमा तीन जना पक्राउ

Posted on: 26 Oct, 2017

कात्तिक ९, प्यूठान । नौबहिनी गाउपालिका ६ बाहानेका व्यापारी वसन्त केसीको हत्यामा संलग्न आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेकोछ । 

बाहाने बजारकै शेरबहादुर केसी, उनका छोरा अमरदीप र मन्दी प्रदीपलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ । अमरदीपले हत्यामा आफ्नो संलग्नता स्विकारेको जिल्ला प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए । 

‘अमरदीपको आक्रमणका क्रममा औंलासमेत टोकिएको रहेछ,’ डीएसपी पोख्रेलले भने, ‘उनी एक्लै होकि अरू पनि संलग्न छन् भन्ने अनुसन्धान गरिरहेका छौं ।’

वसन्तसग भएको नगद लुट्न हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनायो । भाइटीकाको राति घरमा एक्लै रहेका वसन्त अर्को दिन मृत भेटिएका थिए । -कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!