स्वरुप बिग्रिएको झण्डा भारतीय दूताबासले राखेको खुलाशा, नेपाली भूमि हडपेर भारतीयका घरटहरा

Posted on: 17 May, 2018

जेठ ३ काठमाडौँ | पछिल्लो समय निकै चर्चामा रहेको बिषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा जानकी मन्दिर परिसरको मञ्चमा स्वरुप बिग्रेको नेपालको झण्डा नेपाल प्रदेश सरकारले नभएर भारतीय राजदूतावासले राखेको खुलेको छ ।

नयाँ पत्रिका दैनिकमा लेखिएको समाचार अनुसार भारतीय सुरक्षाकर्मीले मञ्चको दायाँ–बायाँ दुई देशका झण्डा राखेका थिए । जानकी मन्दिर प्रांगणमा रामायण सर्किटको शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्चको दक्षिणपट्टी भारतको र उत्तरपट्टी नेपालको झण्डा राखिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर पुग्नु आघा घन्टाअघि दूतावासको कमान्डमा रहेका भारतीय सुरक्षाकर्मीले ती झण्डा राखेको थियो ।

नेपाली भूमिमा भारतीयका घरटहरा

भारतीय नागरिकले नेपाली भूमि कब्जा गरी घरटहरा बनाउन थालेका छन् । उनीहरुले आफूखुसी सार्वजनिक जगा घेरा हालेर सप्तरीमा खेती गरिरहेको कान्तिपुर दैनिकमा समाचार छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाअन्तर्गत कोसीको बीचमा रहेको गोबरगाढा टापुमा भारतीयले थुप्रै घरटहरा बनाएका छन् । केही वर्षयता बाढीको त्रासले स्थानीय विस्थापित भएको मौका छोपी भारतीय नागरिक नेपाली भूमिममा आएको समाचारमा उल्लेख छ ।

समाचार अनुसार गोबरगाढा बस्तीदेखि उत्तर र कोसी ब्यारेजको पश्चिमदेखि दक्षिणतर्फको टापु अतिक्रमणमा परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!