गोरे आफन्तकै सहयोगमा भारतबाट पक्राउ परेका थिए !

Posted on: 23 May, 2018

जेठ ९, काठमाडौँ | ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे, आफन्तकै सहयोगमा पक्राउ परेका छन् । 

एक साताअघि गोरेको परिवारका सदस्यसँग सम्पर्क भएको देखिएपछि उच्चस्तरीय छानविन समितिका सदस्यहरुले आत्मसर्मण गराईदिने आश्वासन परिवारलाई दिएका थिए । 

यो आश्वासनपछि प्रहरीले आफन्तकै सहयोगमा गोरेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

केही दिनअघि भारतको सिलगुढीस्थित आफन्तको घरमा गएका गोरेले आफु निर्दोष रहेको तर सबै दोष आफुमाथि लगाईएको बताएका थिए । 

नेपाल प्रहरीले भारतीय प्रहरी र आफन्तको सहयोगमा गोरेलाई पश्चिम बंगालबाट पक्राउ गरेको दाबी स्रोतले गरे पनि छानविन समितिले भने काठमाडौं गौरीघाटबाट नियन्त्रणमा लिईएको जनाइएको छ । 

- आजको नागरिकमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!