अब कक्षा ८ उत्तीर्ण हुनैपर्ने, नगरे अयोग्य !

Posted on: 25 May, 2018

जेठ ११, काठमाडौं | सरकारले कुनै पनि सार्वजनिक पदमा रहन कक्षा ८ उत्तीर्ण हुनैपर्ने व्यवस्था गर्न लागेको छ । 

२०८३ वैशाख १ गतेपछि आधारभुत शिक्षा नलिएको व्यक्ति राज्यले प्रदान गर्ने अवसर लिनसमेत अयोग्य हुनेछन् । 

शिक्षाको अधिकासम्बन्धी ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको मस्यौदा सहमतिका लागि कानुन आयोग पठाइएको छ ।


- यो समाचार आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!