बाल क्लबका प्रतिनिधिसँग अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Posted on: 04 Sep, 2018

रक्षा पाण्डे | भदौ १९, अर्घाखाँची | विकलाङ्गमित्र समुहअपाङ्गबाल अस्पताल तथापुनस्र्थापन केन्द्र सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा सि.बि.एमको आर्थिक सहयोगमा पाणिनी गाउँपालिका कार्यालयको समन्वयमा पाणिनी गाउँपालिकाका १० वटा माध्यामिक विद्यालयका बालक्लबका प्रमुख तथा प्रतिनिधिलाई“समुन्तपालिका , अपाङ्गता समाबेशी बाल क्लब” भन्ने मुलनाराका साथ अपाङ्गा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । 

कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको सामाजिक अवस्था, अपाङ्गताले पुर्याउने अवसर, अपाङ्गता व्यवस्थापनमा बाल क्लबले खेल्नु पर्ने भुमिका र बालक्लबमा अपाङ्गताभएका बालबालिकाको सहभागीताको विषयमा अभिमुखीकरण लेखनाथ आचार्यले प्रस्तुतीकरण गरि प्रस्ट पार्नुभएको थियो । प्रमुख अतिथिश्री नारायण प्रसाद पौडेलले मन्तव्य अत्यन्तै महत्वपुर्ण  समय सापेक्ष नयाँ कार्यक्रम ल्याई विद्यार्थीहरुमा नौलो विषयमा शिक्षा दिनुभएको थियो । 


साथै संस्थाको प्रंशशागर्नु भयो विकलाङ्गमित्र समुह अपाङ्गबाल अस्पतराल तथा पुनस्र्थापन केन्द्र सक्षम परियोजना अर्घाखाँचीका प्रमुख श्री लेखनाथ आचार्य को अध्यक्षता, पाणिनी गाउँपालिका निमित्त प्रमुखश्री नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यता र शिक्षा शाखा प्रमुख श्री कृष्ण पोख्रेलको विशेष आतिथ्यता सहित २९ जनाको सहभागीता रहेको थियो, सक्षम परियोजनाका कर्मचारी रक्षा पाण्डेको संचालन र सुजिता थिङको स्वागत मन्तव्य रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!