पर्यटक भिषामा सेटिङ ! विमानस्थलमै मानव तस्करीको सेटिङ

Posted on: 20 Sep, 2018

असोज ४, काठमाडौँ | दुबई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँ दिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाइदियो । पर्यटक भिसामा गएका उनीहरूका पासपोर्टमा ‘लोप्रोफाइल’ भन्ने टिप्पणीसमेत लेखिदियो । उनीहरू त्यसअघि कुनै देश गएका थिएनन् ।पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् । भारतीय अध्यागमनले मानव तस्करको सञ्जालमा परको आशंका गर्यो । तीनै जनालाई एयर इन्डियाले काठमाडौं फिर्ता ल्याएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव तस्करीको सेटिङ चालु रहेको आशंका बढेको छ ।

पर्यटक भिसा उपलब्ध गराएर दुबई पठाउनेर त्यहींबाट मानव तस्करी गर्ने समूहहरू सक्रिय रहेको अघिल्लो महिना पनि पाइएको थियो । साउन १ गते एयर अरबिया र फ्लाई दुबईमार्फत दुबई उड्न आटेका ५० यात्रु अफलोड गरिएका थिए । 

विमानस्थलका तत्कालीन वरिष्ठ अध्यागमन अधिकृत भीमराज पोख्रेलले दूरदराजको गाउबाट आएका र कमजोर आर्थिक हैसियत भएकाहरूको पर्यटक भिसामा शंका गररे रोके । तर उनकै सहकर्मीहरूले उडान अनुमति दिइसकेका थिए । त्यसको भोलिपल्ट पनि पर्यटक भिसामा दुबई जान आटेका ३५

जना यात्रुलाई पोख्रेलले नै अफलोड गरिदिए । विमानस्थल अध्यागमनमा होहल्ला भयो । ती यात्रुले कतै उजुरी गरेनन् । पोख्रेल बिदामा बसेका बेला फरक– फरक मितिमा ती सबैजना दुबई उडेरै छाडे । पोख्रेल काममा फर्केपछि टिक्न सकेनन् । लगत्तै उनको सरुवा मोरङ कारागारमा भयो । 

- यो अमाचार आजको कान्तिपुर दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!