भिसा नभएका विदेशीलाई टिकट दिने विमान कम्पनीलाई कारबाही गरिने

Posted on: 12 Nov, 2018

कात्तिक २६, काठमाडौं | अध्यागमन विभागले प्रवेशाज्ञा भिसा र आगमन छाप आईरभल नभएका विदेशीलाई हवाई टिकट दिने आन्तरिक वायु सेवा कम्पनीहरुलाई कारवाही गर्ने भएको छ । 

नेपालका कतिपय निजी कम्पनीले भिसा नभएका विदेशी नागरिकलाई समेत जथाभावी टिकट दिने गरेका छन् । विभागले जथाभावी टिकट दिने गरेका छन् । 

विभागले आईन्दा त्यस्तो दोहोरिए कडा कारबाही गर्ने चेतावनी वायुसेवा कम्पनीहरुलाई दिएको छ । 

भिसाबिना नेपाल छिर्ने विदेशीलाई समेत कडा कारवाही गर्ने तयारी विभागले गरेको जनाएको छ । 

अध्यागमन विभागले नेपालको भिसा र आगमन छाप नभएका विदेशीलाई हवाई टिकट नदिन आइतबार पर्यटन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणलाई पत्र पठाएको छ ।, 

- यो समाचार आजको अन्नपुर्ण पोष्टमा छापिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!