भोज खाएर सुतेका ३ जनाको मृत्यु

Posted on: 18 Dec, 2018

पुष ३, रुकुम | बिहेभोज सहित रक्सी सेवन गरेर सुतेका ३ जना भोलिपल्ट बिहान मृत भेटिएका छन् । 

मुसीकोट नगरपालिका १२ जुम्लावाङका अमर विकका छोराको बिहेमा पाहुना आएका सानीभेरी गाउँपालिका ९ मगरराङजाका ६३ बर्षीय खम्बु कामी, मुसीकोट ११ मलाक्चा लहुँका ५४ बर्षीय केमनासिङ सार्की र मुसीकोट १२ नयाँगाउक २१ बर्षीय लबहादुर विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खड्काका अनुसार मृतकले आईतबार साँझ बिहेघरमा व्यवस्था गरिएभन्दा छुट्टै रक्सी सेवन गरेका थिए ।

- आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!