मन्त्री यादवले कर्मचारीको कठालो समातेर थर्काए, ‘थुन्दिम् ?’

Posted on: 16 May, 2019

जेठ २, काठमाडौँ | समाचार संकलनका क्रममा म मन्त्रालय (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय) पुगेको थिएँ । सहसचिव नवराज ढकालसँग भेट्ने योजना थियो । ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ । त्यही क्रममा मन्त्री मात्रिका यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षबाट भनाभन भइरहेको आवाज आयो । 

तत्काल त्यहाँ पुगे केही कर्मचारीले निजी सचिवले घूस खाएर सरुवा गरेको आरोप लगाइरहेका थिए । उनीहरुले उद्योग विभागमा सरुवा गर्नुपर्नेको नाम काटेको आरोप लगाए । 

मन्त्रीः पैसा खाएको भए प्रमाण जुटाउनुस् अहिल्यै । ढोका बन्द गरिहाल्नु त । प्रमाण ल्याएपछि मात्रै ढोका खोल्नु, नभए यही थुन्नु । (बाहिर निस्कन खोजेका कर्मचारीलाई मन्त्रीले कठालोमा समातेर भित्र ताने ।) 

- यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!